रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ८३ करोडमा सीमित

काठमाडौं, २७ भदौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से १३.५९ अंकले घटेर १९१२.६६९ विन्दुमा झरेको हो ।

सोमवार २२५ कम्पनीको ८३ करोड १६ लाख ३ हजार ६५० रुपैयाँ बराबरको २६ लाख १३ हजार ५४० कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । आइतवार ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १ समूहको परिसूचक बढेको छ भने १२ समूहको घटेको छ । अन्य समूहको परिसूचक सबैभन्दा धेरै १.७० प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार आज नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर सानिमा लार्ज क्याप फण्ड र छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यसैगरी, सामुदायिक लघुवित्त ५.८७, अपर हेवाखोला ४.१५, दोर्दीखोला ४.१४, माउन्टेन इनर्जी, शिवश्री हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ३ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ४ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ ।

रिडी पवरको २ करोड ७९ लाख र हिमालय डिस्टिलरीको २ करोड ५६ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here