बादी परिवारलाई आत्मनिर्भर बन्न राष्ट्रिय समाज कल्याण संघको साथ

दोधारा । दोधारा चाँदनी नगरपालिकामा गरिबीको रेखामुनि रहेका बादी घरपरिवारहरुलाई आत्मनिर्भर बनाउन डिसीए नेपालको सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाले सघाएको छ् ।

दोधारा चाादनी नगरपालिका वडा नं. ३ जगबुडा नदी पारिको भारत संग जोडिएको सिमा बस्ती बडुवाल टोलको ३ बादी घरपरिवारलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाले उनिहरुलाई आत्मनिर्भर बनाउन सघाएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जनाएका छन् ।

बादी बस्तीमा रहेका रेशम बादी, सिता बादी, रंगलाल बादी र चन्द्र लोहारका घरपरिवारलाई उनीहरुको कला र सिपको माँग भएबमोजिम आरान र मोची (जुत्ता सिउने) को कामको लागी सामग्री खरिद गरि हस्तान्तरण गरेको दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले बताएका छन् ।

दोधारा चाँदनीका मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यहरु बादी बस्तीमा पुगेर एक कार्यक्रमको बिच आरान र मोची (जुत्ता सिउने) को कामको लागी सामग्री हस्तान्तरण गरिएको छ् ।

कार्यक्रममा बोल्दै दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले बादी घरपरिवारहरुलाई आत्मनिर्भर बनाउन गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाको सहयोग अतुलनिय रहेको बताएका छन् । बादी घरपरिवारहरुले प्राप्त सामग्रीको सही प्रयोग गरि आर्थिकपार्जनमा लगाउनेमा आफु ढुक्क भएको उनले बताएका छन् ।

बादी परिवारलाई जिविकापार्जनमा सघाउ संगै बादी घरपरिवारलाई समुदायले हेर्ने द्धष्टीकोणमा सकारात्मक प्रभाव पर्ने, उनिहरुमा आयस्तर बढ्ने, आत्मनिर्भर बनाउन आरान र मोची (जुत्ता सिउने) को कामको लागी सामग्रीले सघाउ पुग्ने दोधारा चाँदनीका मेयर लिम्बुले बताए ।

उनिहरुको आयस्तर बढाउन, जिविकोपार्जन गर्ने, नमुना बस्ती बनाउने उद्धेश्यका साथै बादी परिवारलाई जिविकोपार्जनमा सघाउन सहयोग गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका संयोजक राजकुमार सुनारले बताएका छन् ।

बादी परिवार गाँउ बस्ती चहारेर माँगी हिड्ने, जगबुडा नदीमा माछा मार्ने, नजिकै रहेको भारतिय जंगलमा च्याउ, सिस्नो, न्युरो टिपेर आफ्नो जहान परिवारको छाक टार्दै आएका छन् । उनिहरुको केही किशोर, किशोरी भारतमा ज्याला मजुरी गर्दै आएको छन् ।

आरन पंखा, हमबर (घन) सनासु, छिनी, बसुली, बन्चरो, रेती, रेलको पटरी (लिई), फलाम, मोची को सामग्री गरि झण्डै एक लाख बराबरको आय आर्जनको निम्ती सामग्री उपलब्ध गराएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाले जनाएको छ् ।

बादी घरपरिवारहरुमा उनिहरुमा रहेको सिपको प्रयोग गरि रोजगारीको सृजना गरी स्वरोजगार बनाउन सघाउने उद्धेश्यले सामग्री उपलब्ध गराएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका संयोजक राजकुमार सुनारले बताएका छन् ।

हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष हरिसिंह धनाडी, पदम रावल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का प्रभुनिधी पन्त, टेक बुढा, स्थानिय तथा बादी घरपरिवारको बाक्लो उपस्थिती रहेको थियो । बादी परिवारहरुले सहयोग गर्ने संस्था प्रति कृतज्ञता प्रकट गर्दै प्राप्त सामग्रीले आयस्तर बढाएर आत्मनिर्भर बनाउनमा सहयोग गर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here