हिमालयन बैंक ‘टीएससीएफपी’ अवार्डबाट सम्मानित

काठमाडौं । हिमालयन बैंक लिमिटेडलाई एशियाली विकास बैंक (एडीबी)ले ‘टीएससीएफपी अवार्ड २०२२– लिडिङ बैंक इन नेपाल’ प्रदान गरेको छ ।

एशियाली विकास बैंकले हिमालयनलाई एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरेको हो ।

बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीशराज जोशीले एडिबिद्वारा सेप्टेम्बर ६ मा सिंगापुरमा आयोजित ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here