केराउ, सुपारी र कालो मरिचको आयात खुला

फाइलफोटो

काठमाडौं । सरकारले केराउ, सुपारी र कालो मरिचको आयातमा लगाईएको प्रतिबन्ध खुलाएको छ । यी वस्तुको आयात खोलिएको सूचना सरकारले राजपत्रमा प्रकाशित गरेको छ ।

यसअघि सरकारले राजपत्रमा सूचना निकालेर २०७६ चैत २४ गते उल्लेखित तीन वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

सरकारले प्रतिबन्ध खोल्दै केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक कच्चा पदार्थका रूपमा गर्न मिल्ने बताएको छ । प्रकाशित राजपत्रमा भनिएको छ, ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, केराउ, सुपारी र कालो मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७८ को प्रक्रिया पुरा गरेर चालू आर्थिक वर्षका लागि मात्र कच्चा पदार्थको रूपमा पैठारी गर्न अनुमति दिने निर्णय भएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here