नेपालमा ५५ देशको २ खर्ब २८ अर्ब प्रत्यक्ष लगानी, सबैभन्दा धेरै भारतबाट

काठमाडौं, २८ भदौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी १४.८ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई २ खर्ब २७ अर्ब ९५ करोड पुगेको हो ।

लगानी गर्नेमा विभिन्न ५५ देश रहेको सर्वेक्षणले देखाएको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् रु.७५ अर्ब ८१ करोड र त्यसपछि क्रमशः चीनबाट रु.३३ अर्ब, आयरल्याण्डबाट रु.१६ अर्ब ४८ करोड, सिङ्गापुरबाट रु.१५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट रु.१४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत्क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।

यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको छ ।

समीक्षा वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ ।

लगानी भएकोमध्येमा सेवा क्षेत्रमा ४३.९ प्रतिशत, २७.३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत र होटल तथा रेष्टुरेन्टमा ६ प्रतिशत वैदेशिक लगानी रहेको राष्ट्र बैंकको सर्वेक्षणले देखाउँछ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ ।

औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत्क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५, खाद्यान्न सेवामा ५.७ प्रतिशत र सूचना तथा सञ्चारमा ४.८ प्रतिशत प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here