बैंकहरूबीच फागुनदेखि कायम ‘भद्र सहमति’ खारेज, असोजमा ब्याजदर बढ्ने

काठमाडौं । नेपाल बैंकर्स संघले फागुनदेखि कायम भद्रसहमति खारेज गरेको छ । निक्षेपको ब्याजदरमा गरेको ‘भद्र सहमति’ खारेज भएसँगै असोज महिनामा निक्षेपको ब्याज बढ्ने देखिएको छ ।

भद्रसहमति खारेज गर्दै ब्याजदर निर्धारणलाई स्वतन्त्र छोड्ने निर्णयपछि अब असोज महिनाका लागि बैंकहरुले आफूखुसी ब्याजदर तोक्न सक्ने भएका छन् ।

राष्ट्र बैंकले साउनमै ब्याजदर बढाउन सन्देश दिएपनि अटेर गरेर बसेका बैंकहरुले एक अर्काबीच निक्षेप खोसाखोस गरेर बसेका थिए ।

यद्यपि, बैंकहरुले ब्याजदर तोक्दा नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि जान पाउने छैनन् । राष्ट्र बैंकले अघिल्लो महिनाकाे औसत ब्याजदरको १० प्रतिशत मात्रै बढाउन पाउने व्यवस्था गरेको छ । सो अनुसार अब असोजमा बैंकहरुले अधिकतम १२.१३ प्रतिशत ब्याजदर कायम गर्न पाउने छन्।

बैंकहरुले गत फागुनदेखि मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याज दिँदै आएका थिए। तर, पछिल्लो समय केही बैंकहरुले भद्र सहमति तोड्दै निक्षेप खोस्नका लागि धेरै १२ प्रतिशतभन्दा बढी समेत ब्याज दिन थालेको छन् । यसअघि ब्याज बढाए पनि निक्षेपमा सुधार आउन नसकेको निष्कर्षमा पुगेका बैंकहरु अब भने ब्याजदर बढाउने पक्षमा पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here