ब्याजदर बढ्ने संकेतले शेयर बजारमा पहिरो, धेरै गुमाउने फाइनान्स र विकास बैंकका लगानीकर्ता

काठमाडौं, ३० भदौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने संकेत पाएपछि पूँजी बजारमा ठूलो प्रभाव परेको छ । लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि खुला हुने भएपछि सेयर बजार राताम्य भएको छ ।

विहीवार शेयर बजार मापक सूचक (नेप्से) ५७ अंकले घटेर १९२४.४८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २३२ कम्पनीको २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँ बराबरको ६९ लाख ४० हजार ५९६ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । बुधवार २२७ कम्पनीको १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा राताम्मे भएका छन् ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ४.५६ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर समूह पनि साढे ४ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार एनआइसी एसिया फ्लेक्सी क्याप फण्डको सबैभन्दा बढी गिरावट भएको छ ।

यसको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यसैगरी, समृद्धि फाइनान्स ७.३५, श्वेतगंगा हाइड्रोपावर ७.०४, अपरसोलु हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमालयन हाइड्रो, न्यादी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, रिलायन्स फाइनान्स, युनिभर्सल पावर, श्री इन्भेष्टमेन्टको शेयर मूल्य साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ ।

यसको आज २१ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ । यसैगरी, रिडी पावर साढे ११ करोड र अपी पावर ७ करोड बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here