जय नेपाल हलको कम्पाउण्डमा डोजर चलाउँदा भेटियो टुकुचा खोला

काठमाडौं, ३० भदौं । जय नेपाल हलको कम्पाउण्डमा खाल्डो खन्दा भेटियो टुकुचा खोला भेटिएको छ ।

काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले जय नेपाल हलको कम्पाउन्ड खोतल्दा टुकुचा खोला भेटाएको छ ।

वडा नम्बर ४ बाट सुरु भएको टुकुचा खोला बीचमा गायब भएको छ । यसबारे महानगरले अध्ययन थालेको छ ।

महानगरले नक्साअनुसार खोला अतिक्रमण गरेर भौतिक संरचना बनाएको स्थानीयको मागबमोजिम हलको कम्पाउन्डभित्र डोजर चलाएको थियो ।

हलको कम्पाउण्ड खनेर खोला उत्खनन् गर्नेक्रममा करिब १५ फिटको गहिराइमा टुकुचा खोला फेला परेको थियो । टुकुचा खोला यसक्षेत्रमा गायब भएपछि स्थानीयहरुले खोला उत्खनन्को माग गर्दै आएका थिए ।

महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन ३५ दिने निर्देशन दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here