विदेशी विनिमय सञ्चिति ११ खर्ब ९७ अर्ब मौज्दात, ९.४ महिनाको आयात धान्ने

काठमाडौं । विदेशी विनिमय सञ्चिति घटेको १.५ प्रतिशतले छ ।

बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेको सञ्चिति २०७९ साउन मसान्तमा १.५ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड डलर कायम भएको छ।

२०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.५
प्रतिशतले कमी आई २०७९ साउन मसान्तमा रु.११९७ अर्ब ८५ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रूपैयाँ रहेकोमा २०७९ साउन मसान्तमा ०.७ प्रतिशतले कमी आई १०४९ अर्ब ११ करोड रूपैयाँ छ।

राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रूपैयाँ रहेकोमा २०७९ साउन मसान्तमा ६।७ प्रतिशतले कमी आई १४८ अर्ब ७४ करोड रूपैयाँ कायम भएको छ।

डलर सञ्चितिमा चाँडै नसकियोस् भन्दै सरकारले विभिन्न चार किसिमका वस्तुको आयातमा रोक लगाएको छ। सरकारले ३ सय डलरभन्दा माथिका मोबाइल, गाडी, मोटरसाइकल र विदेशी मदिरामा लगाएको रोक अहिले पनि जारी नै छ।

आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७९ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.७ प्रतिशत, ६६.८ प्रतिशत र २२.२ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here