नेपालमा लुमिनसको प्रिमियम इन्भर्टर -आइकन ११०० सार्वजनिक

काठमाडौं । लुमिनस पावर ब्याकअप सोलुसनका लागि नेपालको एकमात्र आधिकारिक बितरक अमट्रेड प्रालीले हालै नयाँ मोडलको लुमिनस इन्भर्टर -आइकन ११०० सार्वजनिक गरेको छ ।

अमट्रेड प्रालीले उक्त इन्भर्टर बाकु, अजरबैजानमा हालै सम्पन्न गरेको डिलर कन्फरेनस् २०२२ मा सार्वजनिक गरेको हो। कार्यक्रममा अमट्रेड प्रालीका शीर्ष बिक्री लक्ष्य हासिल गर्ने ३० भन्दा धेरै डिलरको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि लुमिनस पावर टेक्नोलोजी प्रालीका गौरव शर्माले आइकन ११०० इन्भर्टर सिरिजले इन्भर्टर ब्याट्री बजारमा क्रान्तिकारी परिवर्तन ल्याउने बताए ।

कार्यक्रममा उनले विभिन्न कारणले ग्रिड पावर असफल हुँदा आइकन ११०० को साइन वेभ आउटपुटले स्थिर पावर ब्याकअप दिनुका साथै यसको अल्ट्रा प्रिमियम डिजाइनले नेपाली ग्राहकहरुको बैठक कोठा र घरमा प्रिमियम र आधुनिक लुक थप्न मद्दत गर्ने पनि बताए ।

साथै ९०० भोल्ट एम्पीयर रेटिङ भएको आइकन ११०० इन्भर्टर भित्र १५० देखि २२० एम्पीयर सम्मको टल ट्यूबलर ब्याट्री जडान गर्न सकिने भएकाले खुला तारहरू नदेखिने र ब्याट्री इन्भर्टरमा इन्क्याप्सुलेटेड भएकाले बालबालिकाको सुरक्षाको दृष्टिकोणले पनि यो इन्भर्टर उपयुक्त भएको बताए ।

सो कार्यक्रममा अमट्रेड प्रालीका सञ्चालन प्रमुख योगराज ढुंगाना र लुमिनस पावर टेक्नोलोजी प्रालिका गौरव शर्माले २ जना डिलरलाई स्टार डिलर अवार्ड प्रदान गर्नुका साथै सम्पुर्ण डिलरहरुलाई मायाको चिनो पनि प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here