अमट्रेडद्वारा लुमिनसको प्रथम र दोस्रो त्रैमासिकका स्टार डिलरहरु सम्मानित

काठमाडौं । लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रालीले बाकु, अजरबैजानमा हालै डिलर कन्फरेनस् २०२२ सम्पन्न गरेको छ।

कार्यक्रममा आफ्नो बार्षिक बजारीकरण योजना अन्तर्गत कम्पनीले निर्धारण गरेको मापदण्ड भित्र रहेर हरेक त्रैमासिकमा उच्च कारोवार गर्ने डिलरहरुलाई स्टार डिलर अफ द क्वार्टरद्वारा सम्मान प्रदान गरेको छ।

सो अवसरमा अमट्रेड प्रालीका सञ्चालन प्रमुख योगराज ढुंगाना र लुमिनस पावर टेक्नोलोजी प्रालीका गौरव शर्माले पोखराका भट्टराई एन्ड ब्रदर्स सप्लायर्स प्रालि लाई २०२२ को प्रथम क्वार्टरको स्टार डिलर अवार्ड प्रदान गरिएको थियो ।

दोस्रो त्रैमासिकमा उच्च कारोवार गर्ने न्यूरोड, नारायणघाटका नमस्ते ट्रेडिंग एण्ड सप्लायर्सका संचालक मान बहादुर अधिकारीले २०२२ को दोस्रो क्वार्टरको स्टार डिलर अवार्ड प्राप्त गरे । कार्यक्रममा भट्टराई एन्ड ब्रदर्स सप्लायर्स प्रालिले र नमस्ते ट्रेडिंग एण्ड सप्लायर्सलाई स्टार डिलर अवार्ड, प्रमाणपत्र र रु २५००० बराबरको को उपहार भाउचरद्वारा सम्मान गरिएको थियो ।

त्यसैगरी नमस्ते ट्रेडिंग एण्ड सप्लायर्सका संचालक अधिकारीले लुमिनस परिवारलगायत सम्पुर्ण लुमिनस ब्राण्डलाई बिश्वास गर्ने आफ्नो सबडिलर, ग्राहक र सुभ-चिन्तकहरुलाई धन्यबाद दिँदै आउँदा दिनहरुमा उँहाहरुको साथ सहयोग र सम्बन्ध अझ प्रगाढ रहने पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here