सेञ्चुरी बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्ट र काठमाडौंको त्रिसारा विशेष छुट

काठमाडौं, ३१ भदौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाडौंबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहक तथा बैकका कर्मचारीहरुलाई जंगल भिल्ला रिसोर्ट, चितवन र त्रिसारा, काठमाडौंमा छुट प्रदान गरिने भएको हो ।

सम्झौता अनुसार जंगल भिल्ला रिसोर्ट, चितवनमा एकोमोडेशन शुल्कमा १५ प्रतिशत छुट प्रदान गरिने छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र जंगल भिल्ला रिसोर्टका तर्फबाट बजार प्रमूख सुहानी गिरिले हस्ताक्षर गरे ।

साथै त्रिसारा, काठमाण्डौंमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट त्रिसरा, पेरोस पिज्जा र त्रिसारा– द बेकिङ्ग फ्याकट्रीमा समेत उपलब्ध हुनेछ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र त्रिसारा, काठमाडौंका तर्फबाट प्रबन्ध निर्देशक शोभन विर मालाकारले हस्ताक्षर गरे ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here