धितोपत्र बोर्डले खुलायो नयाँ ब्रोकर लाईसेन्सका लागि आवेदन, यस्ता छन् सर्तहरु

काठमाडौं, २ असोज । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (ब्रोकर) लाइसेन्सका लागि निवेदन खुला गरेको छ ।

आइतबार एक सूचना प्रकाशन गरी सेबानले नयाँ स्टक एक्सचेन्ज सञ्चालनको सिफारिसका लागि धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि निवेदन खुला गरेको हो ।

धितोपत्र बजारलाई थप प्रतिस्पर्धा, प्रभावकारी, लगानीकर्ता मैत्री एवं अन्तराष्ट्रियस्तरको प्रविधि सहितको क्षमतायुक्त बनाउनका लागि नयाँ ब्रोकरको लाइसेन्स प्रदान गर्न लागेको बोर्डले जनाएको छ ।

नयाँ धितोपत्र दलाल तथा धितोपत्र व्यापारी अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिनुपर्ने छ । बोर्डका अनुसार धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा तोकिए अनुसार आवेदन दिनुपर्ने छ ।

यदि आवेदन दिने समयमा अन्तिम दिन सार्वजनिक विदा परेमा कार्यालय खुलेको दोस्रो दिन पनि निवेदन दिन सकिने छ ।

धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ लाई संशोधन गरेर अर्थ मन्त्रालय पठाएको थियो उक्त प्रस्ताव क्याबिनेटबाट पमरित भएपछि नेपालमा अर्को स्टक एक्सचेन्ज स्थापनाको बाटो खुुलेको हो ।

जस अनुसार नयाँ खुल्ने स्टक एक्सचेञ्जको पूँजी ३ अर्ब हुनेपर्नेछ । त्यस्तै, सो नियमावली अनुसार निजी क्षेत्रले पनि नयाँ स्टक एक्सचेञ्ज खोल्न पाउनेछन् ।

सर्तहरुः

१. धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानूनको अधीनमा रही धितोपत्र बजार सञ्चालन गर्न इच्छुक धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले यो सूचना प्रकाशित भएको मितिले ४५ (पैतालीस) दिन भित्र (अन्तिम दिनको कार्यालय समय भित्र धितोपत्र बजार सञ्चालन गर्ने सङ्गठित संस्था दर्ता गर्न सम्बन्धित कार्यालयमा बोर्डको सिफारिसका लागि धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ तथा धितोपत्र बजार सञ्चालनका लागि नगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७१ मा तोकिए बमोजिम निवेदन निवेदन दस्तर विवरण तथा कागजात सलग्न गरी बोर्ड समक्ष निवेदन पेस गर्नु पर्नेछ। निवेदन पेस गर्ने दिन सार्वजनिक विदा परेमा सोको भोलीपल्ट कार्यालय समय भित्र निवेदन बुझाउन सकिनेछ।

२. निवेदन पेस गर्दा निवेटकको नाम, ठेगाना स्पष्ट बुल्ने गरी नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरी बितोपत्र सम्बन्धी ऐन, २०६३. धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ तथा वितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ मा उल्लेन्वित कागजात तथा विवरणहरू एवं शीलवन्दी गरिएको विस्तृत व्यवसायिक कार्ययोजना समावेश गरी वामबन्दी गरी निवेदन पेस गर्नुपर्नेछ।

३. रितपूर्वक नभएका वा म्याद नाघी आएका वा कुनै सतं समावेश गरी पेस भएका निवेदन उपर कुनै कारवाही हुने छैन ।

४. सूचना बमोजिम पेस हुन आएका कुनै वा सबै निवेदन स्वीकृत गर्ने वा नगर्ने अधिकार बोर्डमा सुरक्षित रहनेछ।

५. वितोपत्र बजार सञ्चालनको लागि सङ्गठित संस्था स्थापना गर्न सिफारिस सम्बन्धी अन्य सर्तहरू धितोपत्र सम्बन्धी ऐन, २०६३, धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ एवं वितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७२ मा उल्लेख भए बमोजिम हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here