डेंगु संक्रमितको संख्या १५ हजार नाघ्यो, सबैभन्दा बढी काठमाडौंमा

काठमाडौं । देशभर डेंगु फैलिएको छ । डेंगुबाट भेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । तर काठमाडौंमा डेंगु संक्रमण यो भन्दा ५ गुणा बढी रहको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४ हजार ४३३ जनामा संक्रमण पुष्टी भएको छ । काठमाडौंका टेकु, कालिमाटी, छाउनी, न्यूरोड, कोटेश्वर नरेफाँट क्षेत्रमा धेरै डेंगुका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यस्तै, ललितपुरमा ४ हजार ३१२, भक्तपुरमा ६३८, मकवानपुरमा एक हजार ४९३, दाङमा ८४२, रुपन्देहीमा ६४६, चितवनमा ३७० जनामा संक्रमण पुष्टि भएको छ । अरू जिल्लामा संक्रमितको संख्या १०० देखि २०० सम्म रहेको महाशाखाको तथ्यांक छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार गएको शुक्रबारसम्म नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार ४२३ पुगेको छ । डेंगुको कारण यो वर्ष १६ जनाको मृत्यु भएको भइसकेको छ ।

डेंगुले निकै ठूलो रुप लिँदा पनि काठमाडौंको स्थानीय तहका जनप्रतिनिधिहरु नियन्त्रणमा गम्भीर हुन नसकेको गुनासो स्वास्थ्य कार्यालयले गरेको छ ।

गत वर्षको आँकडाअनुसार डेंगु असोज अन्तिमसम्मै फैलिने महाशाखाको अनुमान छ । सन् २०१९ पछि यो वर्ष डेंगु फेरि प्रकोपकै रूपमा फैलिरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।

यसअघि सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो भने छ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here