शेयर बजारमा उच्च अंकको गिरावट कायमै, १ अर्ब ६० करोडको कारोबार

काठमाडौं, २ असोज । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि त्यसको प्रभाव पूँजी बजारमा परेको छ । लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि बढ्न थालेकोले शेयर बजार राताम्य भएको छ ।

साताको कारोबारको पहिलो शेयर बजार मापक सूचक (नेप्से) ३३.९७ अंकले घटेर १८७६.४१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२९ कम्पनीको १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँ बराबरको ६२ लाख ९६ हजार ४४५ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । शुक्रवार दुईघण्टाको कारोकारमा ९० करोड ८१ लाख ८६ हजार ४८७ रुपैयाँ बराबरको बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा राताम्मे भएका छन् । व्यापार समूह सबैभन्दा धेरै ३.२४ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर समूह पनि ३ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका कम्पनीमध्य एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । ग्लोबल आइएमई समुन्नत स्किम १ को शेयरमूल्य ५.३५ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार बलेफी हाइड्रोपावर लिमिटेडका सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । आज बलेफी हाइड्रोपावरका शेयर धनीले सबैभन्दा धेरै ७.८५ प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, राप्ती हाइड्रो ७.३०, दोर्दी खोला ७.२३, माउन्टेन, युनाइटेड मोदी, दिव्यश्वरी, लिबर्टी इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २१ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here