उद्योगी व्यवसायीलाई सम्मान: ढकाल र मुरारकालाई सुकीर्तिमय राष्ट्रदीप, कसले के पाए ?

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान गरेको भन्दै ९९८ जनालाई मानपदवी, अलङकार र पदकबाट विभुषितगर्ने निर्णय गरेको छ ।

संविधान दिवसको अवसर पारेर सरकारले आज विभूषित हुनेहरूको नामावली सार्वजनिक गरिएको हो । यसरी मानपदवी पाउने ७३६, अलङकार पाउने १७६ र पदक पाउने ८१ जना रहेको जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित सूचनामा सरकारले ३७ औँ प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शुशील कोइरालालाई मृत्युपरान्त नेपाल रत्नबाट सम्मान गर्ने निर्णय गरेको छ ।

राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतविद् सत्यमोहन जोशीलाई प्रदान गर्ने निर्णय गरेको छ।

सरकारले उद्योगीद्धय पशुपति मुरारका र चन्द्र प्रसाद ढकाललाई सुकीर्तिमय राष्ट्रदिप पदक दिने भएको छ । यो सम्मान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि पाएका छन्।

मुरारका नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् । उनी हालको कार्यसमितिमा बिशिष्ट सदस्यका रुपमा क्रियाशिल छन् । मुरारको अगुवाईमा स्थापना भएको अर्घाखाँची सिमेन्टले व्यवसायीक सफलताको उचाई ग्रहण गरिरहेको छ ।

ढकाल भने नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष हुन् । उनी आगामी चैतमा महासंघको स्वतः अध्यक्ष बन्दैछन् । सुप्रबल जनसेवाश्रीबाट व्यवसायी कुशकुमार जोशी, कुसुम लामा, राजेशकुमार अग्रवाल, पर्यटन व्यवसायी राम थापा, रामबहादुर कोइरी सम्मानित हुने भएका छन्।

बैंकरमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना पनि सम्मानित हुने भएका छन्। केसी बैंकर्स संघका उपाध्यक्ष हुन् भने ढुंगाना संघका पूर्व अध्यक्षसमेत हुन्।

यसैगरी शशिधर शर्मा, अरुणकुमार केसी, जगदीशप्रसाद अग्रवाल, गैरआवासीय नेपालीहरुको संगठनका अध्यक्ष कुल आचार्य, कर्पोरेट कानुनव्यवसायी सेमन्त दाहाल, मुरलीधर रुंगटा, बेनीगोपाल मुन्दडा पनि सम्मानित हुने भएका छन्।

यसैगरी प्रवल जनसेवाबाट सुशीलकुमार गोयन्का, सुनिलकुमार बंशल,विनोद थकाली, भारतप्रसाद पराजुली, बालकृष्ण भुसाल, भीमप्रसाद घिमिरे, सुरेन्द्रकुमार गोयल, राजेन्द्र अर्याल, खुमबहादुर सुवेदी, अशोककुमार वैद्य, प्रतापजंग पाण्डे, प्रेमकुमार श्रेष्ठ, पवनकुमार अग्रवाल र कुमुदकुमार दुगड विभुषित भएका छन् ।

विभूषित हुनेहरूको नामावलीका लागि यहाँबाट हेर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here