दोधारा चाँदनीका मेयर उपमेयर बाढी प्रभावित बस्तीमा

दोधारा । अविरल वर्षाको कारण क्षती भएका वस्तीहरुमा दोधारा चाँदनीका मेयर र उपमेयरले अनुगमन थालेका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देवी जोशी लगाएत वडाध्यक्ष पदम रावल, बिक्रम चन्दको टोलीले अबिरल वर्षाको कारण प्रभावित भएका बस्तीहरुको अनुगमन गरेको हुन् ।

वडा नं. ४ को थलाल टोलमा वर्षाको पानीले बाटोघाट हिलाम्य भएको र उक्त स्थानमा कलभर्ट निमार्ण संग बाटोमा ग्रेबिल हाल्नु पर्ने आवश्यक रहेको भन्दै वडा सदस्य गगन बहादर सिंहले मेयर र उपमेयरलाई बाटोको अवस्थाको बारेमा जानकारी गराएका छन् ।

बाटोको अवस्था अनुगमन पछि बाटोमा बिद्यार्थी तथा स्थानियहरुको आवागमन बढी रहेको हुदा उक्त स्थानमा रहेको बाटोमा तत्कालै ग्रेबिल हाल्ने मेयर लिम्बुले बताएका छन् ।

यस्तै बाटोमा कलर्भट हाल्नको लागी नगरपालिकाले केही दिनमा काम सुरु गर्ने बताएका छन् । यस्तै अनुगमनको क्रममा वडा नं. २ को कृष्ण नगर क्षेत्रमा वर्षाको कारण पानी जमेर स्थानियहरुको घर समेत डुवानका पर्दै आएको हुदा उक्त स्थानमा कलर्भट निमार्ण संगै पानी निकासको ब्यवस्थाको लागी स्थानियबसीहरुले मेयर र उपमेयरको अनुगमनको क्रममा माग राखेका छन् ।

वडा नं. २ को कृष्ण नगरमा केही मानिसको घर अझै पनि डुवानमा रहेको र तत्कालै पानी निकासाको लागि नगरपालिका कार्यालयले पहल गर्न स्थानियहरुले अनुगमन पुगेका मेयर, उपमेयर संग माग राखेका थिए ।

नगरपालिकामा वर्षाको कारण पानीको निकास नभएको कारण थुप्रै बस्तीहरु डुवानमा पर्ने भएको हुँदा आवश्यक स्थानहरुमा कलभर्ट निमार्ण गर्ने, ग्रेबिल हाल्ने काम अघि बढाईने योजना रहेको लिम्बुले बताए ।

अनुगमन टोलीले महाकाली पक्की पुल क्षेत्र छेउमा निमार्ण हुदै गरेको भौतिक संरचनाको समेत अनुगमन गरेको छ् । जाईका बाँध संग निमार्ण भईरहेको सडक तथा लगाएतका भौतिक संरचनाको अनुगमन तथा स्थानीयहरुसँग उनिहरुको समस्याको बारेमा मेयर लिम्बु र उपमेयर जोशीले जानकारी लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here