मेगा कलेजका सञ्चालक गोपाल खनाल ‘शिक्षाज्योति पदक’बाट विभूषित

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान गरेको भन्दै ९९८ जनालाई मानपदवी, अलङकार र पदकबाट विभुषित गर्ने निर्णय गरेको छ ।

संविधान दिवसको अवसर पारेर सरकारले विभूषित हुनेहरूको नामावली सार्वजनिक गरिएको हो ।

यसरी मानपदवी पाउने ७३६, अलङकार पाउने १७६ र पदक पाउने ८१ जना रहेको जारी सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको उर्जा समितिका सभापति तथा मेगा कलेजका सञ्चालक गोपाल खनाललाई ‘शिक्षाज्योति पदक’ प्रदान गर्ने भएको छ ।

‘शिक्षाज्योति पदक’ पदकबाट विभूषितका लागि सभापति खनाल सिफारिस भएका हुन् ।

मालारानी गाउँपालिका ३, अर्घाखाँचीका खनाल काठमाडौँस्थित मेगा कलेजका सञ्चालक हुन् । उनी सोही कलेजमा अध्यापन पनि गराउँछन् ।

खनाल नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर तथा प्राप्तिमा रहेको मेगा बैंकका संचालक पनि हुन्। उनि अहिलेको मर्जर तथा प्राप्ति कमिटीमा समेत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here