शेयर बजारमा उच्च अंकको गिरावट कायमै, धेरै गुमाउने फाइनान्स र हाइड्रोका लगानीकर्ता

काठमाडौं, ४ असोज । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि त्यसको प्रभाव पूँजी बजारमा परेको छ ।

लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि बढ्न थालेकोले शेयर बजार राताम्य भएको छ ।

साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३१ कम्पनीको १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँ बराबरको ३८ लाख ५६ हजार ५३८ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । आइतवार १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ३.८३ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर, विकास बैंक र लगानी समूह पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे ५ करोड बढीको शेयर किनबेच भएको छ ।

नेप्सेका अनुसार कालिका पावर कम्पनीको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यसैगरी, बरुण हाइड्रो ८.१९, ग्रीन डेभलपमेन्ट बैंक ७.९४, समृद्धि फाइनान्स ६.७२, अपर सोलु ६.६५, नारायणी विकास बैंक ६.५५, सिनर्जी पावर र हिमालयन ऊर्जाको शेयर मूल्य ६.२१ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here