नेपाल ल्युबको आकर्षक लाभांश घोषणा

काठमाडौं । नेपाल ल्युबले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको असोज ४ गते बसेको बैठकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

यद्यपि, कम्पनीले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा ५ प्रतिशत कम हो । कम्पनीले उक्त आवमा ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

कम्पनीले उक्त लाभांश पारित गर्न असोज २८ गते साधारण सभा बोलाएको छ । सभा याक प्यालेस पुल्चोक, ललितपुरमा बिहान ११.३० बजे सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here