ललितपुर महानगरपालिका परिसरमा नबिल बैंकको एटिएम

काठमाडौं, ९ साउन । नबिल बैंकले ललितपुर महानगरपालिकाको परिसरमा एटिएम सञ्चालन गरेको छ ।

बुधवार नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त एटिएमको उद्घाटन संंयुक्त रुपमा गरे ।

यस संगै बैंकको एटिएम संजाल काठमाडौं उपत्यका भित्र ७० वटा र उपत्यका बाहिर ६८ वटा गरी कुल संख्या १३८ पुगेको बैंकले जनाएको छ ।

भिषा कार्ड, माष्टर कार्ड, युनियन पे कार्ड र एससिटि (स्थानीय तथा अन्तर्राष्ट्रिय) कुनै पनि कार्ड बाहकहरूले उक्त एटिएमहरुबाट नगद झिक्ने तथा अन्य सुविधाहरु पनि उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले एटिएमको उद्घाटन गर्दै भने ‘ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र बिस्तार गर्ने प्रतिबद्धता अनुरुप १३८ औं एटिएम थप गर्दा हामीलाई खुशी लागेको छ ।’

साथै ललितपुर महानगरपालिकका मेयर, चिरीबाबु महर्जनले,‘नबिल बैंकले यस महानगरपालिका परिसरमा जडान गरेको एटिएमले महानगरपालिकका सेवाग्रही तथा कर्मचारीहरु लाई आफ्नो आर्थिक कारोबार गर्न धेरै सहयोग पु¥याउने छ ।’

नबिल बैंकले ७९ वटा शाखा, १३८ वटा एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको जानकारी दिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here