ग्लोबल आइएमई क्यापिटल बरुण इन्भेष्टमेन्टको शेयर निष्कासन तथा बिक्री प्रबन्धक

काठमाडौं । बरुण इन्भेष्टमेन्टले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत)को लागि १५ लाख कित्ता शेयर सार्वजनिक गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्ट लिको तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् ।

वि.सं. २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भई ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको यस बरुण इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ ।

संस्थापक समुहको ७७ प्रतिशत शेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भै विशेष गरी उर्जा क्षेत्रमा लगानी गर्ने कम्पनीमा पर्दछ ।

यस कम्पनीमा एस.जि गु्रप मुख्य लगानीकर्ताको रुपमा रहेको छ । बरुण इन्भेष्टमेन्ट लि ले बझाङ्ग स्थित कलंगा हाईड्रो लि (१५.३३ मेगावाट), सानीगाड हाईड्रो लि (३८.४७ मेगावाट) र बुङगल हाईड्रो (१०.७० मेगावाट) गरी ३ हाईड्रो कम्पनीमा कुल ६४.४९ मेगावाट मा मुख्य लगानी कर्ताको रुपमा रहेको छ ।

हालै पनि बरुण इन्भेष्टमेन्ट ले संखुवा खोलामा हाईड्रो प्रवद्धन गर्ने तयारीमा रहेको , गुराँस हाईड्रो प्रा.लि (४१.०६ मेगावाट) मा पनि लगानी प्रतिवद्धता जनाएको छ । बरुण इन्भेष्टमेन्ट तथा ग्लोबल आइएमई क्यापिटल ले यसै श्रावण भित्रमा आइपीओ ल्याउने गरी तयारी थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here