मुद्दती निक्षेपमा लगानी गर्दै पुनर्बीमा कम्पनी, ७ दिनभित्र शिलबन्दी पेश गर्न अनुरोध

काठमाडौं, ६ असोज । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

विहीवार कम्पनीले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क र ख वर्गका इच्छुक वाणिज्य बैंकहरुलाई ७ दिनभित्र शिलबन्दी प्रस्ताव बुझाउन अनुरोध गरेको हो ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क र ख वर्गका बैंकमा १ वा २ बर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको एक सूचना मार्फत जानकारी दिएको छ ।

त्यसैगरी, कम्पनीले इच्छुक वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर शिलबन्दी प्रस्ताव बुझाउन सक्नेछन् ।

प्रस्तावको मान्य अवधि एक महिनाको हुनु पर्नेछ भने केन्द्रिय कार्यालय बाहेक अन्य कार्यालयबाट प्राप्त प्रस्ताव मान्न नहुने सूचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here