१४ अंकले घट्यो नेप्से, २२ लाख कित्ता शेयर कारोबार

काठमाडौं, ९ साउन । विहिवार नेप्से परिसूचक १४.१५ अंकले घटेर १ हजार २ सय ६९.९२ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.१० प्रतिशत कम हो ।

कारोबारमा आएका सबै समुहको सूचक घटेको कारण सिङ्गो नेप्से परिसूचक नै घटेको हो । विहिवार सबैभन्दा धेरै जलविद्युत समुहको सूचक घट्यो । जलविद्युतको सूचक १.७८ प्रतिशतले घट्यो ।

त्यस्तै, र्निजीवन बिमाको १.६३ प्रतिशत, होटलको १.५६ प्रतिशत, लघुवित्तको १.३० प्रतिशत, विकास बैंकको १.१४ प्रतिशत, बैकिङ्गको १.०८ प्रतिशत, सामुहिक लगानी कोषको १.०७ प्रतिशत, ट्रेडिङको १.०१ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

विहिवार १ सय ७१ कम्पनीको २१ लाख ९८ हजार १ सय २६ कित्ता शेयर किनबेच हुँदा ५५ करोड ५ लाख ३२ हजार रुपैयाँको कारोबार भयो ।

विहिवार सबैभन्दा धेरै नेपाल लुबी तेल कम्पनीका शेयर धनीले कमाए । नेपाल लुबीको शेयर मूल्य ८.८१ प्रतिशतले बढ्यो ।

त्यस्तै, श्रीराम चिनी कारखानाको ४.६१ प्रतिशत, ग्लोबल आईएमई लधुवित्तको ३.५२ प्रतिशतले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा यूनियन हाईड्रोपावरका शेयर धनी रहेका छन् । यूनियनको शेयर मूल्य ९.५७ प्रतिशतले घट्यो ।

त्यस्तै, नेशनल लघुवित्त वितीय संस्थाको ५.०६ प्रतिशत, बरुण हाईड्रोपावरको ४.२१ प्रतिशतले घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार प्रभु बैंकले गरेको छ । बैंकले ६ करोड १७ लाख ५१ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here