नेप्सेमा झिनो अंकको गिरावट, कारोबार भने १ अर्ब तल खुम्चियो

काठमाडौं, ६ असोज । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्राले फेरि निरन्तरता पाएको छ ।

बुधवार झिनो अंकले रोकिएको शेयर बजारमा साताको कारोबारको अन्तिम दिन झिनो अंकको गिरावट आएको छ ।

साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से ९.८३ अंकले घटेर १८३८.९६ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२९ कम्पनीको ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै १.५६ प्रतिशतले घटेको छ । त्यस्तै, माइक्रोफाइनान्स समूह पनि १.०४ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका कम्पनीमध्य एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५३१.१० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज प्रभु बैंक डिबेञ्चर र गरिमा डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज २ करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here