निफ्राले ४ प्रतिशत नगद लाभांश दिने, चुक्ता पूँजी २१ अर्ब ६० करोड

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्ष (आव) २०७८/७९ को अन्त्यसम्म कायम चुक्तापुँजीको करसमेत गरी ४.२१०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

गत बिहीबार सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी साधारणसभाबाट पारित भई अर्थ मन्त्रालयको स्वीकृतिपछि मात्रै लगानीकर्ताले उक्त लाभांश प्राप्त गर्नेछन् । हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here