अनामनगर धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना महानगरले चलायो डोजर

काठमाडौं, ७ असोज । काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोलास्थित अक्सिडेन्टल स्कुल क्षेत्रमा पर्ने अवैध टहरा भत्काएको छ ।

शुक्रबार महानगपालिकाको डोजर अनामनगर क्षेत्रका अवैध संरचना हटाउन पुगेको हो ।

अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ ।

नापी अधिकृत उत्तम भट्टराईसहितको टोलीले रेखांकन गरेसँगै महानगरको डोजरले सो क्षेत्रमा रहेका टहरा र संरचना भत्काउ शुरु गरेको हो ।

नदी उकासको सार्वजनिक जग्गामा बनाइएका टहरा भत्काइएको हो ।

आजै थप संरचना भत्काउने तयारी भइरहेको छ । महानगरले पछिल्लो समय अवैध संरचना भत्काउने अभियान निरन्तर जारी राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here