दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरूषाेत्तम खनाल नियुक्त

काठमाडौं, ९ साउन । सरकारले ६ महिनादेखि रिक्त रहेको नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा पुरुषोत्तम खनाललाई नियुक्त गरेको छ ।

प्राधिकरणकै कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका खनाललाई सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणको अध्यक्षका रुपमा नियुक्त गरेको हो ।

तत्कालिन अध्यक्ष दिगम्बर झाले पुषमा राजिनामा दिएपछि सरकारले वरिष्ठ निर्देशक खनाललाई नै कार्यवाहकक अध्यक्षको जिम्मेवारी दिएको थियो ।

रिक्त रहेको अध्यक्ष पदका लागि गत जेठ २७ मा सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले आवेदन माग गरेको थियो । १२ जनाले अध्यक्षको लागि आवेदन दिएका थिए जसमध्येबाट ३ जना सर्टलिस्टमा परेका थिए ।

छनौट समितिले सिफारिस गरे पछि खनाललाई मन्त्रिपरिषदले अनुमाेदन गरेकाे हाे ।

सम्बन्धित समाचार

दूरसञ्चार प्राधिकरणकाे अध्यक्ष छान्न सरकारले माग्याे आवेदन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here