बिरामी र कुरुवाको हातबाट जुस पिउँदै डा. केसीले तोडे २० औं अनसन

काठमाडौं, ९ असोज । सरकारसँग १० बुँदे लिखित सहमति भएपछि प्राध्यायापक डा। गोविन्द केसीले २०औँ पटकको सत्याग्रहअन्तर्गत जारी अनशन तोडेका छन्।

केसीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामी अरमन अन्सारी र कुरुवा सरिता चौधरीको हातबाट जुस पिएर अनसन तोडेका हुन्।

विभिन्न सात बुँदे मागसहित गत भदौ २७ गतेदेखि उनी अनशनमा थिए। अनशनको १३ औँ दिनमा सरकारसँग वार्तामा सहमतिपछि केसीले त्रिवि अनसन तोडे ।

। डा केसीले विभिन्न सात बुँदे माग राख्दै धनगढीमा अनसन सुरु गरेका थिए। डा केसीको यो २० औं अनसन हो।

देशभरका सरकारी अस्पतालमा शय्याअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धि अनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधिहरू उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराउनुपर्ने माग केसीले अघि सारेका थिए।

यस्तै, २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्नेस गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने उनको माग थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here