डलरको भाउ अहिलेसम्मकै महँगो, प्रत्यक्ष असर नेपाली मुद्रामा

काठमाडौं, ९ असोज । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आइतवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको विनिमय दर १२९ रुपैयाँ ८९ पैसा (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।

यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको छ । नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो।

यसअघि ७ असोज मा एक अमेरिकी डलरको विनिमय दर १२९.६८ रुपैयाँ पुगेको थियो । आइतवारको लागि राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा कायम गरेको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ३९ पैसा र बिक्री दर ३४ रुपैयाँ ५५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३८ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

युरो एकको खरिद दर १२६ रुपैयाँ ०२ पैसा र बिक्री दर १२६ रुपैयाँ ७९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा छ।

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ८७ पैसा र बिक्री दर १३२ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०१ पैसा र बिक्री दर ८५ रुपैयाँ ४९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ०८ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०५ पैसा र बिक्री दर ९ रुपैयाँ ०१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १६ पैसा र बिक्री दर १८ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३७ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १३ पैसा र बिक्री दर ९ रुपैयाँ १७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

पछिल्ला दिनहरूमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

डलरको भाउ अझै माथि जाने संकेतहरु देखिएको छ। पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ ।

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको भाउ उतारचढाव हुँदा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ ।

विदेशमा रहेका नेपाली कामदारहरुले रेमिट्यान्स डलरमा पठाउँछन् । डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि केहि बृद्धि हुन्छ । त्यस्तै डलरको भाउ बढेसँगै पर्यटन क्षेत्र पनि राम्रो हुनेछ । नेपालमा आउने विदेशी पर्यटकले डलर बोकेर आउँछन् र खर्च गरेर जान्छन् ।

अब डलरको भाउ बढ्ने वा घट्ने भन्ने कच्चा तेलको मूल्यमा भर पर्ने विज्ञ बताउँछन् ।

त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ ।

स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित हुन्छ । डलरको भाउ बढ्दा वस्तु तथा सेवाको आयातबापत हुने भुक्तानीमा असर पर्छ ।

अहिले दशैँ/तिहार जस्ता मुख्य चाडपर्वका बेला नेपाल भित्रिने रेमिट्यान्समा सकारात्मक प्रभाव परे पनि आयात बढ्दो हुँदा त्यसबापतको भुक्तानीमा दायित्व बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here