लुमिनसको चाडपर्व अफर: ब्याट्री खरिदमा ५२ प्रतिशतसम्म छुट, रेडमी वाच २ लाइट जित्ने मौका

काठमाडौं । लुमिनस पावर ब्याकअप र सोलार सोलुसनको आधिकारिक बिक्रेता अमट्रेड प्रालिले चाडपर्वको अवसरमा अफर ल्याएका छन्।

उक्त अफरअन्तर्गत ग्राहकहरुले लुमिनस ब्रान्डको नयाँ ब्याट्री खरिद गर्दा लक्की ड्रमा सहभागी हुन पाउने छन् । त्यस्तै नयाँ लुमिनस ब्याट्रीसँग कुनै पनि ब्रान्डको पुरानो ब्याट्री एक्सचेन्ज गरी ब्याट्रीको अधिकतम खुद्रा मूल्यमा ५२ प्रतिशतसम्म छुट पाउने छन् ।

लुमिनस ब्रान्डको नयाँ ब्याट्री खरीद गर्दा ग्राहकहरुले लुमिनसका आधिकारिक डिलरमा क्युआर कोड स्क्यान गरी कम्पनीको वेबसाइट www.amtrade.com.np मा आफ्नो विवरणहरू भरी लक्की ड्र योजनामा सहभागि हुन पाइनेछ ।

ड्र योजनामा तीन भाग्यशाली विजेताहरु हुनेछन्। विजेताहरुले रेडमी वाच २ लाइट जित्नेछन् । कम्पनीले यस लक्की ड्र का विजेताहरुको घोषणा २०२२ नोभेम्बरको दोस्रो हप्ता आसपास लुमिनस नेपालको फेसबुक पेजबाट लाइभ गरिने बताएको छ।

कम्पनीका अनुसार लक्की ड्र र एक्सचेन्ज अफर लुमिनस ब्याट्रीहरु १०० एएचदेखि २२० एएचका रेन्जहरुमा लागू हुनेछ।

यो योजना अफर २२ सेप्टम्बर २०२२ देखि सुरु भई आगामी ३१ अक्टोबर २०२२ सम्म लागू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here