निफ्राको शेयर मूल्य अहिलेसम्मकै सस्तो, अब बेच्ने कि किन्ने ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को दोस्रो बजारमा शेयर मूल्य लगातार घटेर सस्तो मूल्यमा झरेको छ। कम्पनीको शेयर आइतवार प्रतिकित्ता १८८ रुपैयाँमा आइपुगेको छ।

बैंकको शेयर २०७७ फागुन २ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको थियो ।

प्रतिकित्ता ३४० रुपैयाँमा पहिलो कारोबार भएको बैंकको शेयर मूल्य अधिकतम प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको थियो । तर, पछिल्लो समय बैंकको शेयर मूल्य निरन्तर घट्दै सस्तो मूल्यमा झरेको हो ।

चुक्ता पूँजीका आधारमा नेप्सेमा सूचीकृत कम्पनीमध्ये दोस्रो ठूलो कम्पनी रहेको निफ्राको शेयरमा पछिल्लो समय लगानीकर्ताको खासै आकर्षण देखिँदैन ।

चुक्ता पूँजी धेरै र सो अनुसार व्यापार, व्यवसाय विस्तार गर्न नसक्दा निफ्राले नाफामा उल्लेख् वृद्धि गर्न सकेको छैन् ।

पूँजी अनुपातमा नाफा बढाउन नसक्नु, सेयर संख्या धेरै भएकाले बजारमा सेयर फालफाल हुनु, शेयरधनीलाई न्यून मात्रमा लाभांश दिनु लगायत कारणले यसको शेयर मूल्यमा लगातार गिरावट आएको हो ।

लगानीकर्ताहरूले पर्ख र हेरको अवस्थामा निफ्रालाई राखेका छन्। कम्पनीले ठूलो रकममा निक्षेप संकलन गरी पूर्वाधार क्षेत्रमा लगानी गर्छ।

उसले संकलन गरेको निक्षेपमा दिने ब्याज र ऋणी आयोजनाबाट लिने ब्याजको अन्तर नै आम्दानीको मुख्य स्राेत हो।

बैंकले मात्र गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पूँजीको ४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअघि बैंकले आव २०७७/ ०७८ मा सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here