गर्मीमा पौडीको मज्जा लिन बसलाई नै बनाइयो स्विमिङ पुल

काठमाडौं, ९ साउन । भूमण्डलिकरण र जलवायु परिवर्तनको कारण पछिल्लो समय यूरोपमा धेरै मात्रामा गर्मी बढिरहेको छ ।

चिसो हावापानी भएको र लामखुट्टे नै नपाइने देश भनेर चिनिने फ्रान्स पनि अहिले गर्मीले आक्रान्त छ ।

गर्मीले सर्वसाधारण जनताको जनजीवन प्रभावित हुन थालेपछि फ्रान्सको एक शहरमा स्थानीय सरकारले एउटा गज्जबको जुक्ती लगाएको छ ।

गर्मीलाई मध्यनजर गर्दै फ्रान्सको सबैभन्दा धेरै गर्मी हुने बेथ्यून शहरमा पुराना बसहरुलाई नै स्विमिङ पुलमा रुपान्तरण गराइएको छ, जहाँ सर्वसाधारणले मज्जासँग पौडीको मज्जा लिन सक्छन् ।

स्थानीय मिडियाहरुका अनुसार अहिले फ्रान्समा अत्यधिक गर्मी बढेको छ । फ्रान्समा पछिल्लो समय तापक्रम ४५.१ डिग्री सेल्सियस पुगेको थियो जुन फ्रान्सको इतिहासकै सबैभन्दा धेरै हो ।

त्यही गर्मीको समस्यालाई केही हदसम्म भएपनि कम गर्न तथा पूराना वस्तुहरुको कलात्मक ढंगले पुर्नप्रयोग गर्न बसहरुमा स्विमिङ पुल बनाएको उक्त शहरको स्थानीय प्रशासनले बताएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here