एक सातामा वाणिज्य बैंकहरूमा थपियो २६ अर्ब १४ करोड निक्षेप, सीडी रेसियो ८७.२१ प्रतिशत

काठमाडौं, ११ असोज । दशैं, तिहार, छठलगायतका चाडपर्वहरू नजिकिएसँगै वाणिज्य बैंकहरूको निक्षेपमा सुधार आएको छ ।

असार मसान्तपछि निरन्तर घट्दै गएको बैंकहरुको निक्षेपमा चाडपर्वहरू नजिकिएसँगै रेमिट्यान्स आउने क्रम बढ्दा सुधार आएको हो।

नेपाल बैंकर्स संघका अनुसार असोज महिनाको पहिलो सातामा बैंकहरूमा २६ अर्ब १४ करोड निक्षेप थपिएको छ।

असोज ७ गतेसम्ममा बैंकहरुमा ४५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । जुन भदौको अन्तिम सातामा ४४ खर्ब ८६ अर्ब रुपैयाँ थियो ।

त्यस्तै, समीक्षा अवधिमा बैंकहरुले ४ अर्ब कर्जा लगानी गरेका छन् । असोज पहिलो सातासम्ममा ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बैंकहरुले भदौको अन्तिम सातामा ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

हाल बैंकहरुको कर्जा निक्षेप अनुपात अर्थात सीडी रेसियो ८७.१ प्रतिशत पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here