एक वर्ष बित्यो, तर निर्मलाले पाइनन् न्याय

फाइलफोटो

१० साउन, काठमाडौं । १३ वर्षिय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ वर्ष पुगेको छ ।

कंचनपुर, भीमदत्त २ उल्टाखामकी किशोरी निर्मलाको साथीका घरमा पढेर घर फर्कने क्रममा बलात्कार पछि हत्या भएको थियो ।

यसबीचमा सरकारले आधा दर्जन भन्दा बढी छानविन समिति बनायो । करीव ८० जनाको डीएनए टेस्ट गर्यो ।

हजारौं मानिसलाई शंकाको घेरामा राखेर अनुसन्धान गर्यो । देश र विदेशमा दजनौं ठूला साना आन्दोलन भए । संसदमा चर्का चर्का भाषण भए ।

तर, नतिजा शूल्य । उल्टो केही दिन अगाडी गृहमन्त्री राम बहादुर थापा (बादल)ले यस्ता घटना भइरहने भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए । अपराधीले खुलेआम उन्मुक्ति पाउने तर पिडित झन पिडामा जिउन पर्ने विडम्बना निर्मला हत्याको घटनाले पुनः दोहोर्याएको छ ।

प्रहरी यो अनुसन्धानका दौरान पूर्णतया डीएनए टेस्टमा केन्द्रित रह्यो । डीएनए टेस्टबाट मात्र अपराधी पत्ता लाग्ने भन्दै विश्वस्त रहेको प्रहरी कुनै पनि व्यक्तिसँग डीएनए नमिल्दा निरास भइसकेको छ ।

तर, अब कसरी अपराधी पत्ता लगाउने भन्नेमा थप प्रयास भएको पाइन्न । किनकी सामूहिक बलात्कारका धेरै काण्डमा डीएनए टेस्ट असफल भएपनि अपराधी पत्ता लागेको इतिहास छ ।

अपराधीको १ वर्षसम्म पनि सुइको नपाउनुबाट उ अहिले कुन मुलुकमा पुगेर मोज गरिरहेको होला, यता परिवारका अन्य सदस्य, निर्मलाका सहपाठी र छिमेकी भने हरेक दिन त्रासमा बाच्नु पर्ने अवस्था आएको छ ।

यो घटनाले थप अपराध कर्म गर्न कोही पनि उत्साहित बनाउने वातावरण नबनाओस।, यसमै निर्मलाप्रति सच्च न्याय हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here