एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त

काठमाडौं । एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई एफवान सफ्ट ग्रुपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो ।

उनी यस अघि एफवान ग्रुप अन्तरगतको हेल्थ टेक भर्टिकल कोजेन्ट हेल्थमा सिईओको रुपमा र इसेवा मनि ट्रान्स्फरमा निर्देशकको रूपमा कार्यरत थिए ।

आफ्नो नयाँ जिम्मेवारी सम्हाल्दै डाइरेक्टर श्रेष्ठले भने,‘ एफवानसफ्ट अन्तरगतका कम्पनीहरुको अहिलेसम्म जुन कम्पिटेन्सी बनेको छ, यसमा थप नयाँ सिनर्जी ल्याउन र ग्रुप लेवल ग्रोथको भिजन प्राप्त गर्ने दिशामा मैले काम गर्नेछु ।’

स्ट्राटेजिक म्यानेजमेन्ट र मार्केटिङ्गमा एमबीएसम्म अध्ययन गर्नुभएका श्रेष्ठ अब्बल व्यवस्थापकका रुपमा चिनिन्छन् ।

श्रेष्ठसँग फिनटेक, हेल्थटेक, रेमिट्यान्स् लगायतका क्षेत्रहरुको विभिन्न कर्पोरेटमा उच्च तहमा १३ वर्षभन्दा बढि काम गरेको अनुभव छ ।

सफट्वेयरको क्षेत्रमा ख्यातिकमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो ।

सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ ।

एफवान सफ्ट ग्रुप अन्तरगत हाल १३ वटा कम्पनी सञ्चालनमा रहेका छन् ।

एफ्वान सफ्ट अन्तरगत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, कोजेन्ट हेल्थ, दियालो टेक्नोलिोजिज, बससेवा लगायतका स्थापित कम्पनी रहेका छन् ।

नेपालका अधिकांस बैंक तथा वित्तीय संस्थामा एफवान सफ्टले विकास गरेका मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, भाइवर बैंकिङ्ग लगायसका सोलुसन प्रयोग हुँदै आएका छन् ।

एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो भने पछिल्ला दिनमा निकै सफल मानिएको फोनपेले स्वेदेशी र विदेशी भुक्तानीको क्षेत्रमा अन्तरआवद्धतताको रुपमा कार्य गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here