मञ्जुश्री फाईनान्सको २७ औं शाखा ललितपुरको कुमारीपाटीमा, बुधवार उद्घाटन

काठमाडौं, ११ असोज । नेपाल सरकारबाट ‘ग’ वर्गको इजाजत प्राप्त मञ्जुश्री फाईनान्सले थप १ वटा नयाँ शाखा विस्तार गरेको छ ।

कम्पनीले ललितपुर-४ कुमारीपाटीमा नयाँ शाखा विस्तार गरेको हो ।

शाखा उद्घाटन बुधवार प्रमुख कार्यकारी अधिकृत नारायण सुवेदी, अध्यक्ष इन्दिरा घिमिरे पाण्डेको उपस्थितमा बिहान ११ बजे हुनेछ ।

काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रिय कार्यालय रहेको मञ्जुश्री फाईनान्सको नारायणगढ, बुटवल, न्यूरोड, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान पोखरा विरगञ्ज, मुर्गियामा शाखा रहेको छ ।

त्यस्तै योगिकुटी, मनीग्राम, भैरहवा, गैडाकोट, भरतपुर, टाँडी, पर्सा बजार, इनरुवा, झुम्का, विराटचोक, चावहिल, हेटौंडा, गंगबु र कलंकीमा शाखा कार्यालय रहेको छ ।

फाइनान्सका अनुसार १ वटा शाखा थपेसंगै शाखाको कुल संख्या २७ पुग्नेछ । यस फाईनान्सले विप्रेशण,मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र ATM सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here