झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ५० करोड पनि पुगेन

काठमाडौं १२ असोज । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्रा आज झिनो अंकले बढेको छ ।

साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक नेप्से ६.४१ अंकले बढेर १८३७.४६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२१ कम्पनीको ४८ करोड ५४ लाख ८ हजार ७६७ रुपैयाँ बराबरको १३ लाख ७० हजार ४४७ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार ६६ करोड ३० लाख १३ हजार बराबरको कारोबार भएको थियो । एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । मन्दाबिनी हाइड्रोपावरको शेयरमुल्य ९.२० प्रतिशतले बढेर प्रतिकित्ता ३७४ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको भएको छ । यसको आज ४ करोड ७५ लाखभन्दा बढीको कारोबार भएको छ । नबिल बैंकको २ करोड ६९ लाख र रिडीको २ करोडको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here