खाद्य कम्पनीले बेच्न थाल्यो खसी-बोका र च्याङ्ग्रा, मूल्य पोहोरकोभन्दा ४० रुपैयाँ महंगो

फाइलफोटो

काठमाडौं, १२ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दशैंका लागि खसीबोका विक्री शुरु गरेको छ ।

खाद्य कम्पनीले यस वर्षको बडादशैँका लागि कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सहुलियतको जिउँदो खसी, बोका र च्यांग्राको विक्री वितरण शुरु गरेको हो ।

कम्पनीले गत वर्षकोे तुलनामा जिउँदो खसीबोकामा प्रति किलो ४० रुपैयाँ बढाएको छ ।

गत वर्ष प्रतिकिलो ६४० रुपैयाँमा बिक्री गरेको कम्पनीले यस वर्ष मूल्य बढाएर ६८० रुपैयाँ बनाएको हो ।

कम्पनीले जिउँदो च्यांग्राको प्रतिकिलो मूल्य १२६० तोकेको छ । छुट पछि खसी र च्यांग्राको खुद्रा बिक्री मूल्य क्रमशस् ६७० रुपैयाँ र १२५० रुपैयाँ प्रतिकिलो हुने कम्पनीले जनाएको छ ।

यसपटक ३ हजार वटा खसी-बोका किन्ने लक्ष्य राखेपनि त्यसलाई अहिले करिब २ हजार ४ सय वटा खरिदको प्रक्रिया पूरा भएको र आवश्यक परे थप खरिद गर्ने कम्पनीले जनाएको छ । यस पटक दार्चुलाबाट २०६ वटा च्यांग्रा ल्याइएको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here