दशैं बिदापछि खुलेको शेयर बजार हरियाली, धेरै कमाउने विकास बैंक र फाइनान्स समूहका लगानीकर्ता

काठमाडौं। शेयर बजारमा हरियाली छाएको छ । दशैंको बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ४४.६२ अंकले बढेर १८९८.३८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२४ कम्पनीको ८३ करोड ६८ लाख ७३ हजार १३९ रुपैयाँ बराबरको २५ लाख ३३ हजार ३९३ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक बढेको छ ।

फाइनान्स समूह सबैभन्दा धेरै ४.६९ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक समूह पनि ४.५० प्रतिशतले बढेको छ । आज २ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमुल्य ९.९५ प्रतिशतले बढेको छ ।

त्यस्तै, उपकार लघुवित्त संस्थाको शेयर ९.८४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी,एक्सल विकास बैंक,कर्णाली डेभलपमेन्ट बैंक,पन्चकन्या माइ हाइड्रोपावर र गोरर्खाज फाइनान्सका लगानीकर्ताले ७ प्रतिशत बढीले कमाएका छन् ।

यसदिन सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आइएमई ब्यालेन्स फन्डका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ४.४८ प्रतिशतले गुमाएका छन् ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ । यसको आज २२ करोड ६९ लाखभन्दा बढीको कारोबार भएको छ ।

नबिल बैंकको ३ करोड ९५ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here