केसीसी एक्जिबिट–२०१९ शुरु, सूचनाप्रविधि र इन्जिनियरिङका नवीन प्रदर्शनी

काठमाडौं, १० साउन । सूचनाप्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङका २६ भन्दा बढी नवीन प्रदर्शनी, दुई वटा गेमस्टल, चार वटा खाजा स्टलसहित केसीसी एक्जिबिट–२०१९ शुक्रबार शुरु भएको छ ।

‘निपुण विचार, दीगो उपाय’ मूल नारा रहेको उक्त प्रदर्शनीको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सुनारले कान्तिपुर सिटी कलेजले यस्तो कार्यक्रममार्फत् युवा क्षेत्रलाई विज्ञान–प्रविधिसँग जोड्न योगदान पु¥याएको बताए ।

उनलेले भने, ‘सुशासन, विकास र समृद्धिको राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न युवाको भूमिका महत्वपूर्ण हुन्छ ।’

‘युवाको ऊर्जालाई उद्यमशीलता र उत्पादनमा केन्द्रित गराउनुपर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रले दिएको अवसरलाई युवा जगत्ले चाँडो उपयोग गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै नेपाल सरकारको सूचनाप्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले भने, ‘सूचना–प्रविधिलाई सजिलोका लागि मात्र नभई दीगोपनका लागि समेत प्रयोग गर्न सकिन्छ ।’

कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले दीगो विकासका लक्ष्यलाई सम्बोधन गर्न नयाँपन चाहिने बताए ।

नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष डिल्लीरमण निरौलाले युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न नेपालमा गुणस्तरीय र उत्पादनमूलक शिक्षा आवश्यक रहेको बताए ।

कार्यक्रम शनिबारसम्म चल्ने बताईएको छ । शनिबारका कार्यक्रममा‘ ‘दीगोपनका लागि प्रविधि’ विषयक सम्मलेन, गायक प्रमोद खरेलको साङ्गीतिक प्रस्तुति, बिनु शाक्यको नृत्य र लोकगायिका निशा जीएमलगायत विद्यार्थीका मनोरञ्जनात्मक प्रस्तुति हुने बताईएको छ ।

कार्यक्रम बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मचल्ने र उक्त प्रदर्शनीमा २५ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखेको आयोजकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here