वाणिज्य बैंकहरुको निक्षेपमा सुधार आए पनि कर्जा विस्तार सुस्त, सीडी रेसियो ८७.०५ प्रतिशत

काठमाडौं, २५ असोज । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन वृद्धि भएको छ ।

बैंकहरुले असोज १३ गते ५१ अर्ब २३ करोड निक्षेप संकलन गरेको असोज २४ गतेसम्म ४ अर्ब रुपैयाँले वृद्धि भएको हो । योसंगै उक्त अवधिमा बैंकहरुको निक्षेप संकलन ५१ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

दशैंका लागि कर्मचारीहरूलाई तलब, बोनस दिँदा सरकारले गर्ने खर्च बढ्दा, विदेशबाट आउने रिमेट्यान्समा सुधार हुँदा निक्षेप बढेको बैंकरहरू बताउँछन् । निक्षेपमा सुधार आए पनि कर्जा विस्तार भने सुस्त नै रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी १२ अर्बले घटेको हो । राष्ट्र बैंकका अनुसार सोही अवधिमा वाणिज्य बैंकहरूले ४१ खर्ब ८६ अर्ब रूपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । यसअघि अर्थात असोज १३ गते बैंकहरुले ४१ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

निक्षेपमा सुधार आएसँगै बैंकहरूको सीडी रेसियो पनि घटेको छ । असोज २३ गतेसम्म बैंकहरूको औसत सीडी रेसियो ८७.०५ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

असोज लागे यता वाणिज्य बैंकमा ७८ अर्ब निक्षेप थपिएको हाे । जसले तरलता अभाव झेलिरहेका बैंकहरूलाई केही राहत मिलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here