गुराँस लाइफको सेयर मूल्य समायोजन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीले आव २०७६/७७ को नाफाबाट वितरण गर्ने ७.४४ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि कम्पनीको सेयरमूल्य ४५१.४० रुपैयाँ कायम भएको छ ।

यही समायोजित मूल्यका आधारमा बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ। नेप्सेले मंगलबार कारोबार भएको अन्तिम मूल्यका आधारमा सेयर मूल्य समायोजन गरेको हो।

कम्पनीले आव २०७६/७७ को मुनाफाबाट ७.४४ प्रतिशत बोनस सेयर र ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here