फेसबुकमा फलोअर्स समस्या, मार्क जुकरबर्गको ९ करोड फलोअर्स ९ हजारमा झर्‍यो

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा फलोअर्सको समस्या देखिएको छ । फेसबुक बगको समस्याको कारण धेरैको पेजमा फलोअर्स ह्वात्तै घटेका छन्।

मेटा कम्पनीले यसै वर्षको अप्रिलदेखि जुनसम्म विश्वभर एक अर्ब ६० करोड फेक अकाउन्ट बन्द गरेको छ ।

त्यही कारण फलोअर घटेको हुन सक्ने जवाफ दिएको न्युजविकले उल्लेख गरेको छ।

फेसबुकको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरवर्ग आफैं पनि यो समस्याको सिकार बनेका छन्।

उनको फलोअरको संख्या अहिले ९ हजार ९९९ मा झरेको छ। यसअघि उनको फलोअर्सको संख्या करिब ९ करोडको हाराहारीमा थियो।

फेसबुकमा व्यक्तिगत अकाउन्टमा फलो गर्ने एउटा अप्सन राखिएको हुन्छ जसलाई क्लिक गरेर साथी नभएपनि सम्बन्धित व्यक्तिबारे अपडेट लिन सकिन्छ। यस हिसाबले जुकरबर्कको फलोअर्स अस्वभाविक देखिन्छ।

यसअघि पनि फेसबुकका प्रयोगकर्ताहरुले आफ्नो फलोअर्स उल्लेख्य संख्यामा घटेको भन्दै गुनासो गर्दै आएका थिए।

पूर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेको फलोअर्स पनि ९ हजारमा झरेको छ । त्यस्तै राप्रपाको प्रवत्ता ज्ञानेन्द्र शाही लगायतको फलोअर्स घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here