टुकुचा खोला उत्खनन् विरुद्ध परेको रिटको सुनुवाइ सर्‍यो

काठमाडौं । टुकुचा खोलाको भूमिगत सुरूङमाथि बनेका निजी घरहरू काठमाडौं महानगरपालिकाले कानुनविपरीत भत्काएको भन्दै उच्च अदालत पाटनमा परेका रिटको सुनुवाइ सरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट एउटा प्रतिवेदनको प्रमाणित प्रतिलिपि प्राप्त नभएको भन्दै सुनुवाइ कात्तिक १ गतेलाई सरेको हो।

अदालतबाट जारी अल्पकालीन अन्तरिम आदेश पनि कात्तिक १ सम्म निरन्तरता दिइएको छ।

काठमाडौं महानगरले भदौ अन्त्यतिर टुकुचा सुरूङ उत्खनन् गरी सतहमा ल्याउन हात्तीसार क्षेत्रमा डोजर चलाएको थियो। टुकुचामाथि बनेका घरहरू पनि महानगरको डोजरले भत्काएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here