होटेलबाट चोर्छन ह्याकरले इमेल

तस्वीर साभार

इमेल ह्याक भयो ? या इमेलमार्फत तपाईका व्यक्तिगत सूचना अरुसँग पुग्यो ?

त्यसो हो भने हालै तपाई कतै होटेलमा बसेको हुनुपर्छ, जहाँ होटेल ‘बुकिङ कन्फर्म’ गर्न तपाईले आफ्नो ‘इमेल एडे«स’ दिनु भएको थियो ।

अमेरिकामा हालै गरिएको एक अध्ययन अनुसार होटेल बुकिङका बखत दिइने इमेल सबैभन्दा असुरक्षित हुन्छन् र यसका माध्यमबाट ह्याकरले इमेलसहित अन्य महत्वपूर्ण सूचना समेत चोर्ने गर्छन् ।

एक देशबाट अर्को देशमा जाँदा होटेलले माग्ने पासपोर्ट नम्बर, फोन नम्बर, नाम, ठेगाना तथा अन्य महत्वपूर्ण सूचना पनि होटेलबाट चोर्न सक्ने अनुसन्धानले देखाएको छ ।

अनुसन्धानकर्ताले विभिन्न ५४ देशका १५ सय होटेलका वेवसाइटमा अध्ययन गरेका थिए ।

अध्ययनबाट दुई तिहाई होटेलबाट ग्राहकका सूचना चुहिने गरेको तथ्य फेला पारेका छन् ।

खासगरी सिधै होटेल बुक गर्ने साइटभन्दा होटेल बुक गर्ने तेस्रो पार्टीका वेवसाइट बढी असुरक्षित पाइएको पनि अनुसन्धानकर्ताले उल्लेख गरेका छन् ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here