सशस्त्रले बरामद गरेको अवैध समान भन्सार कार्यालय पठायो

फाइलफोटो

दोधारा । दोधारा चाँदनी नगरपालिकाको सिमावर्ती भारतीय बजारबाट अबैधरुपमा ल्याउदै गरेको समान सशस्त्र प्रहरीले बरामद पछि भन्सार कार्यालय पठाएको छ् ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कञ्चनभोज) को एक टोलीले अबैधरुपमा भारतबाट ल्याउदै गरेको अवस्थामा झण्डै रु १ लाख ५० हजार बराबरको भाडाकुडा, सुर्ती, कपडा लगाएत अबैध समान नियन्त्रण पछि भन्सार कार्यालय गड्डाचौकी पठाईएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी सई नवराज खड्काले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं। ७ र ८ को खुला सीमा क्षेत्रबाट अबैधरुपमा ल्याउदै गरेको अवस्थामा समान बरामद पछि भन्सार कार्यालय गड्डाचौकी पठाईएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी ९कञ्चनभोज० का सई नवराज खड्काले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको खुला सीमा क्षेत्रको फाईदा उठाउदै तस्करहरुले समय समयमा अबैध समान ओसार पसार गर्दै आएको स्थानियहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here