ललितपुरमा विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइदै

काठमाडौं, २७ असोज । ललितपुर महानगरपालिकाले विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याउने तयारी थालेको छ । महानगरपालिकाले विद्युतीय शवदाह गृह स्थापना तथा सञ्चालनका लागि प्रारम्भिक वातावरणीय परीक्षण आइईई गर्न लागेको हो । यसका लागि आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ ।

ललितपुरको वडा नम्बर ९ बालकुमारीमा विद्युतीय शवदाह गृह को निर्माण तथा सञ्चालन गर्न लागिएको हो ।

विद्युतीय शवदाह गृह १४ हजार ८ सय ९९ वर्ग मिटरमा बनाउन लागिएको हो । जसमा शवदाह र प्रशासनिक सुरक्षा तथा शौचालय हुने छ । जसमा नेपाल विद्युत प्राधिकरणबाट विद्युत आपुर्ति गरिने छ ।

महानगरपालिकले आईइइ प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक भैतिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीबीच कस्तो प्रभाव पर्छ भनी यकिन गर्न त्यस क्षेत्रका विद्यालय अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा सस्ंथाको लिखित राय सुझाव माग गरेको छ । सात दिनभित्र सुझाव ललितपुर महानगरपालिकाकोे ठेगाना वा पारमर्शदाता सोलिड सोलुसन प्रनलि शंखमुलको ठेगानामा पठाउन पर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here