नेप्सेमा झिनो सुधार, झण्डै ८३ करोडको सेयर कारोबार

काठमाडौं । साप्ताहिक कारोबारको अन्मित दिन सेयर बजार झिनो सुधार सहित बन्द भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से ४.१५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १ हजार ८ सय ७० अंकमा पुगेको छ ।

दिनभरको कारोबारमा नेप्से अधिकतम १८७८ अंकसम्म पुग्यो भने न्यूनतम १८६१ अंकसम्म झरेको थियो । दिनभरको कारोबारमा कुल ८२ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भयो । ९५ कम्पनीको मूल्य बढ्दा ७९ को घट्यो भने ९ को स्थिर रह्यो ।

बैंकिङ ०.९, विकास बैंक ३४, फाइनान्स १४, होटल ४, जीवन बीमा १५, उत्पादन ७३, माइक्रोफाइनान्स ३, निर्जीवन बीमा ३२, अन्य २ र ब्यापार उपसमूह १ अंक बढे । जलविद्युत् उपसमूह भने २ अंक घट्यो । यो सँगै सेयर बजारको कुल बजार पुँजीकरण २६ खर्ब ८८ अर्ब रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here