तरलता व्यवस्थापन गर्न सात दिनका लागि ३० अर्ब रुपैयाँ बजारमा पठाइदै

काठमाडौं । बजारमा देखिएको तरलता समस्या व्यवस्थापन गर्नकै लागि राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

यसअघि यही असोज १३ मा दुई साताका लागि राष्ट्र बैंकले रिपोमार्फत नै ३० अर्ब रुपैयाँ बजारमा पठाएको थियो ।

त्यसको म्याद आज सकिँदै छ । यसअघिको रिपोमा १४ दिनको म्याद राखिए पनि अहिले ७ दिनका लागि मात्र पैसा पठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

आज बजारमा पठाउन थालिएको रिपोको म्याद कात्तिक ३ गतेसम्म रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here